काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले सांसदलाई दिँदै आएको निर्वाचन क्षेत्र कार्यक्रमको बजेटमा २ हजारले वृद्धि गरेको छ ।
चार करोड रूपैयाँबाट ६ करोड रूपैयाँ र्पुयाएको छ । संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस कार्यक्रमको लागि ९ अर्ब ९० करोड रूपैयाँ विनियोजन गरेको बताए ।
सांसदलाई पैसा बाड्ने काम संविधानको मूलमर्म विपरीत भएको र यसले विकासमा खासै फरक नपर्ने भन्दै ४ करोड रुपैयाँ नै हटाउनु पर्ने विज्ञहरुको धारणा थियो ।
अन्तत अर्थमन्त्री खतिवडाले यसलाई हटाउनुको सट्टा सांसदलाई दिँदै आएको बजेटमा वृद्धि गरेका छन् ।



















