काठमाडौं । सरकारी कर्मचारीको तलब रकम बढेको छ ।
बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।
जस अनुसार सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो।
महंगीभत्ता र पोशाक भत्ता यथावत राखिएको छ।




















