आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७  का लागि  १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन्।

संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ९  खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तियतर्फ १ खर्ब ६७ अर्ब सहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको बताए।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्रा्ष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको बताए ।

आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब जुटाइने अर्थमन्त्री खतिवडाले संसद्मा प्रस्तुत बजेटमा उल्लेख गरे ।