काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच भोली एकता हुने भएको छ ।
शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको भट्टराई र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहमा समाजवादी पार्टी नेपालको घोषणा गर्ने कार्यक्रम छ। लामो समयदेखि नयाँ शक्ति र फोरमबीच पार्टी एकता गर्ने छलफल चलेको थियो।
अब बन्ने पार्टीमा डा. बाबुरामा भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष हुनेछन्। संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको हो।
नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिने भएको छ ।



















