यी आमाहरूको चिन्ताको कुरा

काठमाडौं । बौद्धिक अपांगता अर्थात् डाउन सिन्ड्रोम भएका बालबालिकाको अधिकांश आमालाई आफूपछि तिनको हेरचाह कसले गरिदेला भन्ने चिन्ताले सताउँछ । उनीहरूको आनीबानी र भाषा, आमाको ममताले जसरी अरू कसैले सजिलै बुभ्mन नसक्ने भएकाले आमालाई यस्तो चिन्ताले सताउने गरेको हो । 

बौद्धिक अपांगता तथा सुस्त मनस्थितिका बालबालिकालाई उनीहरूले चाहेअनुरूपको सीपमूलक तालिमको वातावरण मिलाउन सकिए पनि उनीहरूको समस्याको समाधान हुनसक्ने गोरखाकी सुस्मिता गिरी बताउँछिन् । त्यस्ता छोराछोरीले भन्न खोजेको नबुभ्mदा र उनीहरूको माग पूरा गर्न नसक्दा पनि कतिपय परिवारमा झैँ झगडाको वातावरण सिर्जना हुने गरेको भइरहेको उनको भनाइ छ । उनीहरूले चाहेजस्तो सबै पु¥याउन नसके पनि माया ममताले भुलाउन सकिने सुस्मिता बताउँछिन् । सुस्मिताकी पनि १३ वर्षीया छोरी यस्तै सुस्त मनस्थितिकी छिन् । ‘कहिलेकाहीँ बढी जिद्दी स्वभाव देखाउन हुँदा शान्त पार्न पनि त्यति सजिलो हुँदैन । म मरेपछि मेरी छोरीको हेरचाह कसले गरिदेला भन्ने पीरले धेरै सताउँछ,’ सुस्मिताले भन्छिन् ।

सुस्त मनस्थितिका बालकालिकालाई स्नेहको वातावरणमा उनीहरूले गर्नसक्ने कामको सीपमूलक तालिम दिनसके राम्रो व्यक्ति बन्न सक्ने र आप्mनो खुट्टामा आफंै उभिनसक्ने भएकाले यस्तो व्यवस्था राज्यले मिलाउनुपर्ने अभिभावकहरूको माग पनि छ । 

यस्ता सुस्त मनस्थितिका बालबालिकाहरू नृत्य, गायन, कला, साहित्य तथा चित्रमा बढी ध्यान दिने खालका हुने अर्की आमा शिला थापा बताउँछिन् । उनीहरू यस प्रकारको काममा बढी नै प्रगतिशील नै हुने उनले बताइन् । उनीहरूलाई अघि बढाउन हौसलाको जरुरी हुने उनको भनाइ छ । उनीहरूले गरेको काम राम्रो छ भने सम्झाउन र फुक्र्याउन जाने लगनशीलता बढाउन सकिने उनले बताइन् ।  

‘हामी बाचुञ्जेल त हामीलाई कुनै चिन्ता हुँदैन तर, त्यसपछि कसले जिम्मा लिन्छ, अलपत्र पार्नु त भएन,’ शिला भन्छिन्, ‘हामीजस्ता आमाहरूको सबैभन्दा बढी चिन्ताको विषय भनेकै हामी नहुँदाको उनीहरूको अवस्था के होला भन्ने हो ।’  

सुस्त मनस्थितिका बालबालिकाहरूलाई पनि उपयुक्त सीप विकासको तालिमहरू दिनसके सामान्य बालबालिका जस्तै काम गर्नसक्ने शिलाको भनाइ छ । राज्यले यस्ता अवसर जुटाइदिए धेरै राम्रो हुने उनले बताइन् । त्यस्ता बालबालिका सामान्य बालबालिका ढिला भए पनि एकपटक सिकेको कुरा कहिल्यै पनि नभुल्ने अर्की आमा कुमारी खड्का बताउँछिन् । उनको पनि ११ वर्षीय छोरा यसैगरी जन्मँदै सुस्त मनस्थितिका छन् । ‘छोरालाई चित्र कोर्न र नाच्न एकदमै मनपर्छ । जिद्दी स्वभावको भए पनि मैले भनेको मान्छ,’ उनले भनिन् ‘जोसुकैसँग मिल्दैन ।’ 

नयाँ बजारकी कविता श्रेष्ठकी १२ वर्षीय छोरा बविन सुस्त मनस्थितिका छन् । उनलाई आफ्नो छोराको भविष्यको चिन्ताले सताउने गरेको छ । त्यस्ता बालबालिकाको भविष्य सुरक्षित गर्न राज्यबाटै पहल हुनुपर्ने कविताको भनाइ छ । 

अधिकांश अभिभावकले जन्मेपछिको केही महिनापछि अस्पतालबाटै आफ्ना सन्तान सुस्त मनस्थिति भएको कुरा थाहा पाउने गर्छन् । डाउन सिन्ड्रोम सोसाइटीले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा आफ्नो भनाइ राखेका हुन् ।