ब्रुमर चलाउन ढिलाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकको धुलो सफाइका लागि करिब दुई हप्ताअगाडि ल्याएका बु्रमर अझै सञ्चालनमा आउन सकेका छैनन् । शुक्रबार अर्थात् चैत ८ गतेबाट सञ्चालन गर्ने भनिएका बु्रमरको नम्बर प्लेट नबन्दा प्रयोगमा आउन नसकेको हो । महानगरपालिकाले फागुन २८ गते काठमाडौं भिœयाएको थियो । नम्बर प्लेट बन्न बाँकी रहेको र बीमाको प्रक्रिया पनि पूरा नभएकाले बु्रमर सञ्चालनमा आउन ढिला भएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ । बु्रमर बिग्रिए तीन वर्षसम्म कम्पनीले वारेन्टी लिने भनेको भए पनि अहिले त्यसबाट पछिहटेपछि इन्स्योरेन्सको प्रक्रिया अगाडि बढाउनुपरेको डंगोलको भनाइ छ ।

बीमा र नम्बर प्लेटको काम सकिनासाथ बु्रमरले काम थाल्ने नगरपालिकाको भनाइ छ । सम्भवतः यसैसाता काम सुरु हुनेछ । राति १० बजेदेखि बिहान ६ बजेसम्म सञ्चालनामा ल्याउने तयारी महानगरको छ ।

बु्रमरले प्रतिघण्टा १० किलोमिटरका दरले सडक बढार्ने महानगरको भनाइ छ । काठमाडौं महानगरमा कुल १४ सय किलोमिटर सडक छ । चीन सरकारले उपहारमा दिने भनिएका दुईवाटा बु्रमर पनि केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको छ । उपलब्ध बु्रमर प्रयोग गर्ने र त्यसको प्रभाव हेरेर आवश्यकता अनुसार थप्ने योजना महानगरको छ । बु्रमर सञ्चालन गर्न चालकलाई चालकलाई तालिमसमेत महानगरले दिइसकेको छ ।