काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार साँझ बसेको राजपा मण्डलको आकस्मिक बैठकले वर्तमान ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बुधबार नै जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरी लगायतलाई जन्मकैदको फैसला गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसलाप्रति आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका संयोज महेन्द्रराय यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा दुई तिहाइको सरकार हुँदाहुँदै पनि संविधान संशोधन नगरेको मधेस र थरूहट आन्दोलनका बन्दीहरूलाई रिहाइ नगरेको, उनीहरूमाथि लगाइएका झुटा मुद्दा फिर्ता नलिएको राज्यका हरेक अंगमा दलीय हितको पक्षपोषण गरेको, संघीयतालाई कमजोर पार्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाइ राखेको राजपाले आरोप लगाएको छ।
जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई जन्मकैदको सजया सुनाएको थियो ।


















