अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा नेपालका उद्योग व्यवसायी विनोद चौधरीले फड्को मारेका छन् ।
विश्वका अर्वपतिमध्ये नेपालका एकमात्र विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । फोब्र्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा छन् ।
चौधरी यसवर्ष मात्रै गत वर्षभन्दा २१२ स्थान माथि उक्लिएका हुन् । गत वर्ष उनी फोर्ब्सको अर्वपतिको सूचीमा १५६१औं स्थानमा थिए ।
अर्वपति चौधरी चौधरी ग्रुप (सीजी) को प्रमुख हुन् ।
त्यसैगरी फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा अमेरिकाकी काइली जेनर कान्छी अर्वपति भएकी छन् । २१ वर्षीया जेनरको शृङ्गारका सामानको व्यवसाय रहेको छ ।
उनले कान्छा अर्बपतिका रुपमा रहेका फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई उछिनेकी हुन् । जुकरबर्ग २३ वर्षको उमेरमा अर्बपति भएका थिए ।


















