नेपाल आदिबासी जनजाति महासंघ मलेसियाका पदाधिकारीहरु द्वारा नव नियुक्त राजदुत संग भेट !

साजन शर्मा/मलेसिया,  नेपाल आदिबासी जनजाति महासंघ मलेसिया र जनजाति माहासंघमा आबद्ध विभिन्न जातिय संस्थाहरुको पदाअधीकारी हरुले केहिदीन अगाडी नेपाल राजदुताबास मलेसियामा राजदुत नियुक्त भएर आउनुभएका श्री महामहिम राजदुत उदय राज पाण्डे लाई सफल कार्यकालको शुभकामना दिनुको साथै भेटघाट गरेको छ ! उक्त अवसरमा तामाङ्ग समाज मलेसियाका बरिसठ उपाध्यक्ष राजेन्द्र वाइबा तामांग, शेर्पा किदुग मलेसियाका तेञ्जिङ्ग शेर्पा, किरात राइ यायोख्या मलेसियाका इश्वर राई, किरात याक्थुङ्ग चुन्लुंग मलेसियाका दिल केरुङ्ग, नेपाली आदिबासी जनजाति पत्रकार महासंघका अर्पण मगर, नेपाल मगर संघ मलेसिया प्रतिनिधि, तमु समाज मलेसियाका प्रतिनिधि, नेपाली दुताबास मलेसियाका प्रतिनिधि हरु लगायत पत्रकार हरुको उपस्थिति रहेको थियो !
उक्त अवसरमा नेपाल आदिबासी जनजाति महासंघ मलेसियाका प्रतिनिधि लगायत जनजाति माहासंघमा आबद्ध विभिन्न जातिय संस्थाहरुको पदाअधीकारी हरुले नव नियुक्त राजदुत लाई सफल कार्यकालको शुभकामना दिदै मलेसिया बसाईको क्रममा मलेसियामा रहेका नेपालि श्रमिक लगायत सम्पूर्ण नेपालिहरुको हकहितका लागि नव नियुक्त महामहिम राजदुतको उल्लेखनीय योगदान को कामना गर्नुका साथै मलेसियामा रहेका नेपाली श्रमिक हरुको अवस्थाको बारेमा जानकारी गराउनुको साथै नेपालि श्रमिकले भोगिरहेका गुनासको बारेमा पनि नव नियुक्त राजदुत लाई जानकारी गराउनु भएको थियो !
उक्त अवसरमा उपस्थित सम्पूर्णलाई नव नियुक्त राजदुत उदय राज पाण्डे ज्युले धन्यबाद दिदै आगामी दिनमा मलेसियामा रहेका विभिन्न किसिमका श्रमिक समस्या हरुलाई क्रमिक रुपमा सुधार गर्दै जाने साथै नेपाल र मलेसिया बिच रहेको सम्बन्ध लाई अझै बलियो र प्रघाड रुपमा अगाडी बढाउनुको साथै बिगत लामो समयदेखि मलेसियामा नेपालि कामदार आपूर्ति बन्द रहेको हुदा उक्त समस्यालाई मलेसिया सरकार संग छलफल गरेर MOU लाई शिघ्र कार्यान्बय गराउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको थियो ! साथै मलेसियामा रहेका नेपालि श्रमिक हरुको समस्या समाधानको लागि नेपालि दुताबासलाई याहा संचालित विभिन्न संघ-संगठन हरुको पनि साथ र सहयोगको उत्तिकै आबश्यकता रहेको र आगामी दिनमा विभिन्न संघ-संगठन हरुले श्रमिक हरुको समस्या समाधानको नेपालि दुताबास मलेसिया लाई साथ र सहयोग गर्नु हुनेछ भन्ने बिश्वाश व्यक्त गर्नु भएको थियो !
उक्त अवसरमा नेपाल आदिबासी जनजाति महासंघ मलेसियाका प्रतिनिधि हरुले नव नियुक्त राजदुत लाई मलेसियामा नेपालीहरुको हकहितको लागि नेपालि दुताबास मलेसियाले गर्ने हरेक कार्यमा नेपाल आदिबासी जनजाति महासंघ मलेसियाले आबश्यक परेको खण्डमा सहकार्य तथा सहयोग गर्न तत्पर रहेको जानकारी गराउनु भएको थियो !