राष्ट्रिय कराते खेलाडी,प्रशिक्षक शुशिल पौडेललाई नेपाली फुटबल संघ मलेसियाद्वारा स्वागत तथा सम्मान।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा आयोजना भैइ सम्पन्न भएको North Borneo Open Karate-do Championship तथा थाइल्यान्डको बैंककमा आयोजना भएको Thailand Open 2026 मा सहभागी हुन नेपालबाट मलेसिया आएका नेपालका राष्ट्रिय कराते खेलाडी शुशिल पौडेललाई नेपाली फुटबल संघ मलेसियाले स्वागत तथा सम्मान गरेको छ।

नेपाली फुटबल संघ मलेसियाका सचिव शिव सुवेदीलगायतले पौडेललाई खादा लगाईदिएर स्वागत तथा सम्मान गरेका हुन ।नेपालका राष्ट्रिय खेलाडी पौडेल सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत छन्। उनले दक्षिण एसियाली खेलकुद (SAG Games) मा समेत पदक जितेर नेपालको गौरव बढाइसकेका छन्।

लामो समयदेखि कराते खेलमा सक्रिय पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। खेलाडीका रूपमा उत्कृष्ट अनुभव हासिल गरेका पौडेल Asian Karate Federation (AKF) बाट लाइसेन्स प्राप्त कोच समेत हुन्। खेलाडी तथा प्रशिक्षकका रूपमा उनले नेपाली कराते खेलको विकास, विस्तार र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएका छन्।

मलेसियामा उनको आगमनको अवसरमा नेपाली फुटबल संघ मलेसियाले स्वागत तथा सम्मान गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरी नेपालको नाम अझ उज्ज्वल बनाउन सफलताको शुभकामना व्यक्त गरेको छ। संघले पौडेलले यसअघि अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धिका लागि बधाईसमेत दिएको छ।

राष्ट्रिय खेलाडी, SAG पदक विजेता तथा AKF लाइसेन्स प्राप्त प्रशिक्षक पौडेललाई आगामी प्रतियोगिताका लागि नेपाली फुटबल संघ मलेसियासहित नेपाली समुदायले सफलताको शुभकामना व्यक्त गरेको छ।