श्रम ऐनको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । उद्यमी व्यवसायीले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षाअनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने बताएका छन् । उनीहरूले नया“ ऐनले श्रम बजारलाई गतिशील बनाउनुका साथै श्रम सम्बन्धको विकासमा पनि ठूलो प्रभाव पार्ने भएकाले श्रम ऐनमा गरिएका व्यवस्था र यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको सहकार्यमा नया“ श्रम ऐन र सामाजिक सुरक्षा ऐनकाबारे जानकारी दिने उद्देश्यका बिहीबार आयोजित कार्यक्रममा सहभागीले यस्तो जोड दिएका हुन् । सो अवसरमा महासंघ अध्यक्ष भवानी राणाले रोजगारदाता संवाद र सहकार्यको अभ्यासलाई निरन्तरता दिँदै असल श्रम सम्बन्ध विकास गर्न प्रतिबद्ध रहेको बताइन् ।

उनले श्रम ऐन २०७४ को संरचनामा धेरै समस्या नभए पनि विगतको अभ्यास, नेपालको अर्थतन्त्र र व्यवसायको प्रकृतिका कारण ऐन कार्यान्वयनमा केही व्यावहारिक कठिनाइसमेत आउने गरेको बताइन् । सबै प्रतिष्ठान र क्षेत्रमा लागू हुनेगरी श्रम ऐन निर्माण हुनु, ऐनमा कतिपय नया“ प्रावधान राखिनु र श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्नुपर्ने भएकाले खासगरी साना उद्योग प्रतिष्ठान समस्यामा परेको उनको भनाइ थियो । अध्यक्ष राणाले नया“ ऐनको कार्यान्वयनमा आउने कठिनाई र समस्याको अध्ययन र उद्योग प्रतिष्ठानबाट प्राप्त राय सुझावका आधारमा ऐन नियममा आवश्यक सुधारका लागि पहल गरिने बताइन् ।

महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल र आइएलका देशिय निर्देशक डा रिचार्ड हवार्डलगायतको उपस्थिति कार्यक्रममा महासंघका रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम ऐन नियम र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा स्थानीय र प्रदेश उद्योग वाणिज्य संघको महŒवपूर्ण भूमिका रहने भएकाले महासंघको प्रदेश च्याप्टरको क्षमता विकास गर्ने योजनाअन्र्तगत छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।

ढकालले प्रदेश सरकारस“ग महासंघको प्रदेश च्याप्टरले सहकार्य गर्नुपर्ने भएकाले प्रदेश च्याप्टरले अन्य विषयका अतिरिक्त श्रम र रोजगारसम्बन्धी विषयलाई पनि प्राथमिकतामा राखी काम गर्नुपर्नेतर्फ ध्यानाकर्षणसमेत गराए ।

रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले प्रदेश च्याप्टरले श्रम सम्बन्ध, औद्योगिक विकास एवं रोजगारी सिर्जना जस्ता विषयमा प्रदेश सरकारका सम्बन्धित निकायस“ग कार्य गर्नुपर्ने हु“दा श्रम ऐन, नियमलगायत श्रम सम्बन्धका अन्य विविध पक्षमा जानकारी दिन सातवटै प्रदेशमा तालिम तथा गोष्ठी आयोजना गर्न लागिएको बताए ।

आइएलओ नया“ दिल्लीका रोजगारदाता गतिविधिसम्बन्धी वरिष्ठ विशेषज्ञ रभिन्द्र पेरिसले रोजगारदाता र श्रमिकबीचको सौहाद्रपूर्ण वातावरणमा आएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनको सफल कार्यान्वयनबाट नेपालको श्रम बजार सम्मानजनक बन्नेमा आफू विश्वस्त रहेको बताए । नया“ ऐनमा भएका व्यवस्थाको सफल कार्यान्वयन हुन सकेमा नेपालको औद्योगिक विकासले चाँडै गतिलिने उनको भनाइ थियो ।

नेपाल अहिले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयनको चरणमा छ । कार्यक्रममा महासंघ पदाधिकारी, महासंघको सातैवटै प्रदेश च्याप्टका अध्यक्ष, अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका पदाधिकारी र उद्यमी व्यवसायी, श्रम रोजगार क्षेत्रका विज्ञको सहभागिता रहेको

थियो ।

कानुनविद अनुपराज उप्रेती र श्यामराज अधिकारीले श्रम ऐन र सामाजिक सुरक्षा ऐनका प्रावधानहरू र अर्थशास्त्री विश्व पौडेलले नेपालमा व्यावसायिक वातावरणका विषयमा प्रस्तुति दिएका थिए । सोही अवसरमा महासंघ अध्यक्ष राणा, पूर्वअध्यक्ष ढकाल, रोजगारदाता परिषद्का सभापति ढकाल, उपसभापति अचार्य, आइएलओका रभिन्द्र पेरिस, प्रकाश शर्माले ‘श्रम ऐन २०७४ योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवं नियमावली तथा कार्यविधि’को संयुक्तरूपमा लोकापर्ण गरेका थिए ।