राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा टुँडिखेलमा कार्यक्रम (फोटोफिचर सहित)

 काठमाडौँ । सरकारले ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

दिवसको अवसरमा काठमाडौंमा विशेष समारोहको आयोजना गरिएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए ।

समारोहमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सलामी अर्पण गरेको थियो भने राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र राणाले शान्तिको कामना गर्दै सेतो परेवा उडाएका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने बताए ।

 मौलिक विधि अपनाएर नेपालले द्वन्द्व व्यवस्थापन लगभग सम्पन्न गरेको जनाउँदै द्वन्द्व व्यवस्थापनको सन्दर्भमा आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ध्येयका साथ आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वयनमा केन्द्रित भएको समेत प्रधानमन्त्री ओलीको भनाइ थियो ।