प्रधानमन्त्री केपी शर्मा ओलीले आज र भोली सुदुरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागीता जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आज धनगढी हुँदै डडेलधुराको स्याउलेमा रहेको विद्यतु सव स्टेशनको दिउँसो २ बजे उद्ध्घाटन गर्ने कार्यक्रम थियो । यसैगरी दिउँसो साढे ३ बजे डोटीको विपी नगरमा सहजपुर –बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।
यसैगरी भोली सुदुरपश्चिम प्रदेशसभाको बैठकलाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ । भोली नै दिउसो ११.३० बजे नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का सुदुरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली भोली नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।


















