सोलुखुम्बुबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा कृष्णबहादुर कार्कीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सोलुखुम्बु, सोताङ गाउँपालिकाका कृष्णबहादुर कार्कीले महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।

सोताङ गाउँपालिकाको सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका कार्की स्थानीय स्तरमा सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। स्थानीयवासीसँगको निरन्तर सम्पर्क र विभिन्न सामाजिक कार्यमा सक्रियताका कारण उहाँ स्थानीय स्तरमा परिचित व्यक्तिका रूपमा रहेको बताइन्छ।

कार्कीले पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताबीचको सहकार्य तथा स्थानीय तहका सवाललाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको  जनाउनुभएको छ।