पेनाङमा आमा-छोरीको हत्या गरेको आरोपमा मण्डलमाथि मुद्दा दर्ता, मृत्युदण्ड हुनसक्ने।

BUKIT MERTAJAM, 26 Nov -- Seorang lelaki warga Nepal dihadapkan ke Mahkamah Majistret hari ini atas pertuduhan membunuh seorang wanita dan anaknya di Kampung Sekolah Juru, bulan lepas. Dinesh Kumar Mandal, 35, mengangguk faham sebaik kedua-dua pertuduhan dibacakan dalam Bahasa Hindi di hadapan Majistret Nurul Rasyidah Mohd Akit namun tiada sebarang pengakuan direkodkan kerana kes itu di bawah bidang kuasa Mahkamah Tinggi. -- fotoBERNAMA (2025) HAK CIPTA TERPELIHARA

क्वालालम्पुर (मलेसिया):= पेनाङको बुकित मेरताजाम मजिस्ट्रेट अदालतले आज एक नेपाली नागरिकमाथि अक्टोबर १८ मा क्याम्पुङ स्कूल जुरु गाउँमा एक आमा र उनकी छोरीको हत्या गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार, ३५ वर्षीय दिनेश कुमार मण्डलले अभियोग सुनाइँदा कुनै बयान (प्लिया) दर्ता गराएनन्, किनकि हत्या मुद्दा उच्च अदालतको अधिकार क्षेत्रभित्र पर्न आउँछ। अभियोगको पुर्णपाठ हिन्दी भाषामा पढिएको थियो र दिनेशले मजिस्ट्रेट नुरुल रस्यिदाह अकितका सामु टाउको हल्लाएर बुझेको संकेत दिएका थिए।

दिनेशमाथि ५१ वर्षीया सारिया चे हिन र ११ वर्षीया नुर अफ्रिना अलिशा अब्दुल रहीमलाई दिउँसो १२:३० देखि साँझ ७:३० बजेबीचको समयमा हत्या गरेको आरोप छ। मण्डलमाथी मलेसियन कानुन मामिला दण्ड संहिता धारा ३०२ अन्तर्गत मुद्दा चलाइएको छ, जसअन्तर्गत दोषी प्रमाणित भएमा मृत्युदण्ड, वा ३० देखि ४० वर्षसम्म कैद, साथै १२ भन्दा कम नहुने डण्डात्मक चोट (rotan) को सजाय हुनेछ।

BUKIT MERTAJAM, 26 Nov — Seorang lelaki warga Nepal dihadapkan ke Mahkamah Majistret hari ini atas pertuduhan membunuh seorang wanita dan anaknya di Kampung Sekolah Juru, bulan lepas.
Dinesh Kumar Mandal, 35, mengangguk faham sebaik kedua-dua pertuduhan dibacakan dalam Bahasa Hindi di hadapan Majistret Nurul Rasyidah Mohd Akit namun tiada sebarang pengakuan direkodkan kerana kes itu di bawah bidang kuasa Mahkamah Tinggi.
— fotoBERNAMA (2025) HAK CIPTA TERPELIHARA

सरकारी पक्षको प्रतिनिधित्व उप–लोक अभियोजक अनिस सुहादा रोस्लीले गरेका थिए भने दिनेशको तर्फबाट कुनै कानुनी प्रतिनिधि थिएन। अदालतले दिनेशलाई धरौटी नदिने निर्णय गरेको छ , र आगामी वर्ष २०२६ को जनवरी २६ तारिखमा फरेन्सिक, रसायनशास्त्र तथा पोष्टमार्टम रिपोर्ट अदालतमा बुझाउने मिति तोकेको छ। Bernama