नेपाल प्रहरीमा ठूलो संख्यामा जनशक्ति भर्ना खुल्यो, खेलाडीलाई पनि अवसर।

काठमाडौं := नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति भर्ना गर्ने घोषणा गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गतको भर्ना छनोट शाखाले शुक्रबार जारी गरेको सूचनाअनुसार करिब १६ सय पदका लागि दरखास्त खुला गरिएको हो।

सूचनामा जनपद प्रहरी जवानतर्फ १,५५३, कार्यालय सहयोगी ९हजाम० ११, कुचीकार १५ र खेलाडी कोटा १५ गरी कुल १,५९४ पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति हुने उल्लेख छ।

योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म आवेदन दिन सक्नेछन्। खेलाडी कोटाका लागि फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दोमा संलग्न खेलाडीले मात्र दरखास्त दिन पाउने व्यवस्था गरिएको छ।