एजेन्सी := इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लिभरपुल युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् ।
१० खेलाडीमा सीमित एट्लेटिको मड्रिडसंग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ
समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब मड्रिडलाई १-० अन्तरले पराजित गर्यो । दोस्रो लेगमा एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो ।
घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न सफल भयो । फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसंग खेल्नेछ ।
बुधबार नै भएको खेलमा लिभरपुल र बेन्फिकाले ३-३ गोलको बराबरी खेलेपनी समग्रमा ६-४ले विजयी हुँदै लिभरपुलले सेमिफाइनलको टिकट काट्यो ।अब सेमिफाइनलमा सिटीले रियल मड्रिड र लिभरपुलले भिल्लारियलको सामना गर्नेछन् ।




















