मलेसियामा श्रमजीवी कामदार हरुको हक अधिकारका लागि काम गर्दै आएको जनउद्वार केन्द्र मलेसिया को पाचौं अधिबेशन सम्पन्न भएको छ ।
मलेसियामा स्थापित संघ सस्था हरु मध्य पहिलो बैधानिक सस्था जो श्रमिकहरुका समस्या उपर कामदार हरुको हक अधिकारका लागि काम गर्दै आएको पहिलो सस्था हो ।
जनउद्वार केन्द्रका अध्यक्ष केसु थापाको अध्यक्षतामा नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत को प्रमुख मोति श्रीस अतिथ्यता तथा श्रम सहचारी प्रकाश पन्ती को आतिथ्यतामा हिजो सम्पन्न जनउद्वार केन्द्र मलेसिया को पाचौं बार्सिक उत्सब तथा महादिबेसन बाट नया कार्य समिती चयन गरेको छ ।
आसन्न साधारणसभा तथा महादिबेसन बाट आगामी दुई बर्षको लागि जन उद्धार केन्द्र मलेशियाको नेतृत्वमा सर्वसम्मत केशु थापा लाई निर्बाचित गर्दै अध्यक्ष केशु थापा को नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति निर्वाचीत गरेको छ । समितीमा क्रमस
अध्यक्ष : श्री केशु थापा
बरिस्ठ उपाध्यक्ष : श्री देवेन्द्र गिरी
उपाध्यक्ष : श्री थिर बहादुर कट्वाल
उपाध्यक्ष : श्री अशिम मंगोल
उपाध्यक्ष : श्री सन्दीप तामाङ
उपाध्यक्ष :
महिला उपाध्यक्ष : सुश्री शारदा देवान
महासचिव : श्री संकर देव आचार्य
सचीव : श्री विशाल लामिछाने
सचीव : श्री यादव कुमार खत्री
सचीव : श्री संजय कुमार नेपाली
सह सचीव : श्री बुद्धिराम पुन
कोषअध्यक्ष : श्री बिरश पुन
नेपाल संयोजक महिला संयोजक खेलकुद संयोजक संचार संयोजक सास्कृतिक /साहित्य संयोजक अभियान संयोजक लगायत ३९ सदस्यीय कार्यसमिति निर्वाचीत तथा सल्लाहकार समिती मा शंकर बहादुर पौडेल,एकराक राई,सपना बसेल,हरि न्यौपाने ,दिनेश खड्का तथा संरक्षक मा कमल बहादुर खड्का शेर बहादुर श्रेष्ठ तय गरि समिति लाई पुर्ण्ता दिएको छ ।
।
अयोजित कार्यक्रम मा बोल्दै कार्यबाहक राजदुतले नव निर्वाचीत कार्यसमितिलाइ बधाई तथा सुभकामना व्यक्तगर्दै सामाजिक क्षेत्रमा गरेका मानबिय उद्धार अभियान कार्यहरूको खुलेर प्रसंसा गर्नुहुँदै आगामी दिनमा पनि निरन्तर मलेशियामा रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ भैपरिआउने समस्याहरु समाधान गर्न जन उद्धार केन्द्र सग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता बताउनुभयो ।
कार्यक्रम संचालन अत्यन्तै सौहार्द तरिकाले पुर्ब तथा नब पुन :निर्बाचित महासचिव संकर देव आचार्य ले गर्नुभएको थियो । कार्यक्रमका सभापति तथा अब निर्बाचित अध्यक्ष केशु थापा ले उपस्तिथ सबैलाई धन्यवाद ज्ञापन गर्दै अझै ससक्त रुपमा श्रमिक हरुका समस्या सम्म पुग्ने बताउदै कार्यक्रम समापन गर्नुभएको थियो ।




















