क्वालालम्पुर (मलेसिया):= नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन महत्वपूर्ण सदस्यहरू व्यावसायिक फुटबल खेल्न मलेसियाको क्लबमा अनुबन्ध भएकी छिन। नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडी हिरा कुमारी भुजेल, अनिता बस्नेत र निशा थोकर मलेसियाको शीर्ष श्रेणीको महिला फुटबल लिगका लागि अनुबन्धित भएकी हुन्।
मलेसियाको प्रतिष्ठित क्लब रेड इगल्स सकर क्लब (RESC) ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नेपाली खेलाडी त्रयलाई ‘इम्पोर्ट प्लेयर’ (विदेशी खेलाडी) का रूपमा अनुबन्ध गरेको घोषणा गरेको छ।
मलेसियाको लिगा वनिता नासियोनल (LWN) २०२६ जुन १३ तारिखदेखि सुरु भइसकेको छ र प्रतियोगिता अक्टोबरको अन्तिमसम्म सञ्चालन हुनेछ। लिगमा कुल ६ टोली सहभागी रहेका छन्। अनुबन्ध भएकी ती तिनजना खेलाडी नि खेल्नेछिन ।
हाल अपेक्षित प्रदर्शन गर्न नसकेको रेड इगल्स सकर क्लबले नेपाली खेलाडीहरूको आगमनले टोलीमा नयाँ ऊर्जा थप्ने र लिग तालिकामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय उपस्थिति विस्तार हुँदै गएको अवस्थामा यी तीन खेलाडीको मलेसियाली लिग यात्रा नेपाली फुटबलका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनीहरूको प्रदर्शनले नेपाली महिला फुटबलको स्तर र क्षमता अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गर्ने अपेक्षा गरिएको छ।




















