काठमाडौं := विश्वभरिका मुस्लिम समुदायले आज मोहोम्मद जयन्ती मनाउँदैछन् । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो अलैहे वसल्लमको शुभ जन्मोत्सवलाई मुस्लिम धर्मावलम्बीले विशेष दिनको रुपमा मनाउने गरेका छन् ।
मोहोम्मद जयन्तीको अवसरमा आज राष्ट्रिय मुस्लिम आयोगलगायतका मुस्लिम संघ संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् ।
त्यस्तै मोहोम्मद जयन्तीको अवसरमा यता मलेसियामा समेत आज सार्वजनिक विदा दिइएको छ। मलेसियामा बसोबास गर्ने मुश्लिम समुदायले समेत कोरोना माहामारीलाई मध्य नजर गरि घरभित्रै विविध धार्मिक साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाउदैछ्न।




















