गैर आवासीय नेपाली संघको आगामी अक्टोबर २३ देखि काठमाडौंमा सम्पन्न हुने केन्द्रीय महाधिवेशनमा एसिया सह–संयोजक DRC पदमा विश्व राई ले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
मलेसियामा सन् २००८ देखि राष्ट्रिय समन्वय परिषद स्थापना भएदेखि एनसीसी मलेसियाको ५ हजार २ सय ४९ पञ्जिकाधिकारी हुदा सम्ममा महासचीव, उपाध्यक्ष, अध्यक्ष र आइसीसी सदस्य लगायत विभिन्न पदमा रहेर काम गरिसकेका विश्व राई एसिया प्रशान्त क्षेत्रबाट संघको केन्दीय तहमा बलियो प्रतिनिधित्व गर्नसक्ने उम्मेद्बार हुन।
सामाजिक संजाल फेस्बुक मार्फत स्टाटस लेख्दै राइले मातृभूमीप्रतिको माया , नेपालीहरु बीचको सद्भाव, आपसिक सर-सहयोग मेलमिलाप र एकाबद्व भएर जानुपर्नेमा जोड गर्दै एसिया क्षेत्रमा रहेका नेपालीहरुका हितमा काम गर्न, सुरक्षित व्यवस्थित र मर्यादित बैदेशिक रोजगारीको पहल एवं प्रबद्र्धन गनर्, मलेसिया लगायत एसियामा आपतमा परेका नेपाली श्रमिकका लागि सुरक्षित गृह संचालनमा पहल गर्न, स्वदेश उत्पादन र पर्यटनको प्रबद्र्धन गर्न, कोभिड प्रभावित वा यससम्बन्धी मनोपरामर्श अभियान संचालन गर्न, श्रमिकहरुबीचमा उद्यमशीलताको विकास र प्रबद्र्धन गर्न साथै संघको एसिया क्षेत्रीय सम्पर्क कार्यालय स्थापना लगायतको काम गर्ने मेरो दृढ इच्छा रहेको बताउदै
जनमुखी, संस्थामुखी यी संकल्पलाई पूरा गर्न र एसिया क्षेत्रलाई संघभित्र अझै बलियो प्रतिनिधित्व गराउन एसिया सह–संयोजक DRC मा उम्मेद्वारी घोषणा गरेको उल्लेख गराउनुभएको छ ।
मातृभूमीको माया गर्नुहुने, गैरआवासीय नेपाली संघको मर्म, भावनालाई आत्मसात गर्ने सम्पूर्ण नेपालीहरुको हित चाहने सबै विश्वभरका नवनिर्वाचित सम्पूर्ण पदाधिकारी ज्युहरुलाई बधाई ज्ञापन गर्दै एसिया प्रशान्त क्षेत्रको सह–संयोजक पदमा अत्यधिक बहुमतले विजयी गराउन अपिल गर्दै सहयोग, समन्वय, साथ एवं सद्भावको आस गरेको बताउनुभएको छ ।




















