आईटी आर्मीको प्रथम बारा जिल्ला भेला सम्पन्न।

[ अभय दुबे ] 

बारा:= सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्ध गौरवशाली संगठन आई. टी. आर्मीको आयोजनामा कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको होटेल करण राज प्यालेसको सभाहलमा आई.टी. आर्मी को प्रथम बारा जिल्ला भेला सम्पन्न भएको छ ।

हिजो शनिबार आयोजना गरिएको सो भेलाको अध्यक्षता प्रदिप कुमार साहले गरेको थियो भने प्रमुख अथिती पूर्व मन्त्री प्रभु साहको आतिथ्यतामा सम्पन्न गरेका थिए ।

सो भेला मुख्यतः मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध समाजमा जनचेतना फैलाउन तथा शशक्त संघर्ष गर्नका लागि व्यापक जनाधार निर्माण एवं परिचालन गर्ने गराउने मुख्य अभिप्रायले आयोजना गरिएको थियो।

सो भेलामा आई.टी. आर्मीका विभिन्न पदाधिकारीहरू, नेतागण लगायतको सहभागिता रहेको थियो । भेलाको सञ्चालन युवा नेता सन्नी गुप्ताले गरेको थियो।