गैरआवासीय नेपाली संघ मलेसिया (NRNA) ले श्रमिकहरुको प्रतिरक्षाको तथा कानुनी सहायताको लागि कानुनी सल्लाहकार नियुक्त गरेको छ ।
मलेसियामा विभिन्न कारणले कानुनि समस्या झेलिरहेका नेपालि कामदारको पक्षमा कानुनत बहस गर्नको लागि गत अक्टोबर देखि कानुनी सल्लाहकार नियुक्त गरेको हो ।
मलेसियाका धेरै नेपालि नागरिक भएको क्षेत्र क्वालालम्पुरको लागि RAVI र जोहोर राज्यको लागि kuna लाइ कानुनी सल्लाहकारको रूपमा नियुक्त गरेको हो ।
अहिलेसम्म कानुनी सहायताकर्मिबाट कुनैपनि मुद्दा छिनोफानो भैसकेको भने छैन थुप्रै कानुनी जटिलताका मुद्दाहरु हेरिरहेको र समाधान हुने प्रक्रियामा रहेको गैरआवासीय नेपालि संघ मलेसिया का अध्यक्ष हरि भट्टराईले जानकारी दिनुभयो।




















