तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
बिगत १८ बर्ष देखि वैदेशिक रोजगारी को लागि मलेसियामा आएका खोटाङ जिल्ला केपिलास गढी गाउँपालिका वडा नम्बर -४ बाक्सिला का डम्बर बहादुर भुजेल एतिबेला खर्च अभावमा उपचार नै नपाइ मरिन्छ पो कि भन्ने चिन्ता मा छन ।
दुर्घटनामा परि टाउकोमा गहिरो चोट लागेका उनि बाटोमा लडिरहेको अबस्थामा नजिकैको ब्यपारि बाङ्लादेशि नागरिक ले देखेपछि एम्बुलेन्स बोलाएर उपचारको लागि सेप्टेम्बर 15 तारीख सुङाइबुलो हस्पिटल मा भर्ना गराइदिएको थियो भेने अक्टोबर 7 तारीख हस्पिटल ले निकालिदिएको थियो । उनका सहयोगि का अनुसार अहिले पनि पटकपटक गरेर 26 हजार रिङ्गेट उपचारमा खर्च भएको हस्पिटल ले बिल दिएको र अहिले पनि उपचार गराइरहन परेकोले चरम आर्थिक अभावमा आफु रहेको भन्दै स्वदेश फर्कने इच्छा ब्यक्त गरेका बताए।
डम्बर बहादुर एतिबेला साधारण हिड्न डुल्न र खाना खान सक्ने अबस्थामा छ्न हस्पिटल मा ठुलो रकम बुझाउनु पर्ने र आफु सङ रकम नभएको भन्दै स्वदेश फर्कने इच्छा ब्यक्त गरेका हुन।
डम्बरबहादुर को परिवार मा बुद्ध बाबा र एक बहिनि रहेको र आमाको देहान्त भैसकेको र परिवार सङ मलेसिया आए देखि नै सम्पर्कमा नरहेको खुल्न आएको छ ।




















