काठमाडौँ:= हुण्डी कारोबार गर्ने तीन जनालाई मंगलबार प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबार गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताएको छ। पक्राउ परेको हुण्डी कारोरबारीमाथि ब्यूरोले थप अनुसन्धान गरिरहेको छ।




















