प्रहरीकै सेटिङमा अलौ नाकाबाट मौलायो तस्करी, डिआईजी भन्छन्- छानबिन गर्छाै।

[ दिपक चौरसिया ]

पर्सा := नेपाल र भारतको सीमावर्ती क्षेत्र अलाैबाट अहिले फेरी तस्करी माैलाएकाे छ । प्रहरीकै संलग्नतामा सीमावर्ती क्षेत्रहरुबाट तस्करी मौलाएको हो। पर्साको अलौ नाका हुदै अहिले तस्कतरी भइरहेकेा छ । यसमा सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको नै सेटिङमा समान ओसार पसार भइरहेकेा बताइएकाे स्राेत बताउछ।

अलौ नाका हुदै दिनप्रति दिन कपडा, हार्डवयेर, केराउ, चामल, कवाड, लगायतकाे तस्करी भइरहेकेा छ ।  तस्कर संगठनहरुले प्रहरी संग समन्वय गर्नको निम्ति लाखौ रुपैया नजराना दिएपछि तस्करीको कार्य सुचारु भएको प्रहरी स्राेत नै बताउछ।

तस्कर गिरोहहरुले स्थानीय प्रहरी चौकी श्रीसियाका प्रमुख प्रहरी नायब निरीक्षक गजानन्द साह र बोर्डर आउट पोष्ट अलौका प्रमुख प्रहरी निरीक्षक इश्वर अधिकारीले मासिक लाखौ रुपैया बुझे पश्चात तस्करीको लाइन दिएको उहाकै सशस्त्र प्रहरी श्रोतले जानकारी दियाे । स्राेतका अनुसार रातिको समयमा प्रति दिन करोडौको मालसमानहरु सीमा नाका हुदै आयात निर्यात हुने गरेको छ।
स्थानीय प्रहरी चौकी र स्थानीय बोर्डर आउट पोष्टको मिलोमतोमा तस्करी कार्य फस्टाएपनि सीमाको मुख्य जिम्मेवारी बहन गरिरहेका सशस्त्र प्रहरीका माथिल्लो निकायले त्यसतर्फ ध्यान नपुरयाएको बताइएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले तस्करी कार्य रोक्न खोजिएपनि अहिले वेवास्था गरेकेा बताइएकाे छ । आर्थिक प्रलाेभनमा परेर  मौन बसेकेा बताइएको छ । सशस्त्र प्रहरी उपरीक्षक खडकाको मौनता हुनसाथ तस्कर गिरोह अलौ नाकामा सकृय भएका छन।
यता सीमा नाकाहरुबाट बन्द भएको तस्करी अलौ नाकाबाट सुचारु भएको बुझिन्छ । स्थानीय प्रहरी प्रशासनलाई मासिक १ लाखदेखी ४ लाखसम्म मासिक नजराना तस्कर गिरोहले दिने गरेको एक प्रहरी अधिकारीले बताए । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले आ—आफ्नो माथिल्लो निकायसम्म तस्करीको रकम बाडफाड गरिएको बताउनु भयो । अलौ नाकाबाट कपडाको काम गर्ने बैझनाथ र केराउको तस्करी गर्ने सुनिल भनिनेले नाकामा आफ्नो कब्जा समेत जमाएको स्थानीय बताइन्छ।

यता, ससस्त्र प्रहरीका प्रदेश दुईका डिआइजी केबी ब्रम्हाचार्यले अलाै नाकामा प्रहरीकै संलग्नतामा तस्करी भइरहेकेा कुरा आफुले पनि  सुनेपछि एसपि र नाकामा खटिएका सुरक्षा अधिकारी सँग कुरा गरिसकेकेा बताए ।  साे बिषयमा छानबीन र अनुसन्धान गर्ने जानकारी दिदैँ उनले आज साे नाकामा सुरक्षाामा खटिएका अधिकारीलाइ छलफलका लागि बाेलाएकाे पनि बताएका छन्।