एजेन्सी := थाइल्यान्डमा केही महिनादेखि राजाको शक्ति न्यूनिकरण गर्न र प्रधानमन्त्री प्रयुथ ओशाको राजीनामा माग्दै प्रदर्शन भइरहेको छ। विद्यार्थीहरुले राजनीतिक परिवर्तनको माग गर्दै भइरहेको प्रदर्शनमा धेरैपटक प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि प्रदर्शन थप उग्र बनेको हो।
राजतन्त्रात्मक व्यवस्थामा परिवर्तनको माग भइरहेको बेलामा राजामहा बज्रीलोङकर्न र रानी सुतिडाले समर्थकहरुलाई भेटेका छन्।
ग्रयान्ड प्यालेसमा पूजा सम्पन्न गरेपछि उनीहरुले बैंकक शहरमा भेला भएका हजारौं समर्थकलाई भेटेका हुन्। राजाले केही समर्थकहरुलाई भेटेर उनीहरुको कुरा पनि सुने।
राजा र रानी सडकमा निस्किएपछि राजतन्त्रको समर्थकहरुले ‘राजा रानी अमर रहुन्’ भन्दै नारा लगाएका थिए।




















