युएईमा कार्यरत एक नेपाली कामदार सन्तोष तामाङको उपचारको क्रममा मृत्यु।

[ पुर्ण तामाङ ]
युएई:= वैदेशिक रोजगारीको सिलसिलामा युएई ( दुबई ) मा कार्यरत नुवाकोट निवासी सन्तोष तामाङको मृत्यु भएको छ। युएईको शारजाह स्थित एक कम्पनी कार्यरत तामाङको ड्युटी जाने क्रममा ३ महिना अघि बसको ठक्करबाट दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । गम्भीर घाइते तामाङको शारजाह स्थित अस्पतालमा उपचारक्रममा मृत्यु भएको नुवाकोट म्यागङ गाउँ पालिका वडा नम्बर ६ का अध्यक्ष आतम सिंह तामाङले पुष्टि गरेका छन्।

म्यागङ गाउँपालिका वडा नं. ६ मैबोल ,सामरी निवासी २२ बर्षको तामाङको दुर्घटनामा गम्भीर घाइते भैइ उपचार गराई रहेको खबर पाए लगत्तै अध्यक्ष तामाङले युएई स्थित नेपाली दूतावास,नेपाली संघ-संस्थाहरु तथा नेपाली अभियन्ता मार्फत उपचार तथा कानुनी सहयोगको लागि पहल गरेका थिए ।

तामाङकाे शारजहा अस्पतालमा उपचार भैइ रहदा स्वास्थ्य सुधार नआएको हुँदा थप प्रभावकारी उपचार गराउनु पर्ने देखिएको उनलाई टाउकोमा र घाँटी
दायाँ पट्टी हातमा गहिरो चोट लागेको थियो । कम्पनी र दुर्घटना गराउने कम्पनीबीचको समन्वयमा उपचारकै क्रममा मृत्यु भएको मृतकका आफन्त बुद्धि बहादुर तामाङले बताए ।

तामाङको उपचारमा सामाजिक अभियन्ता आशा तामाङ ,एनआरएनका पूर्वउपाध्यक्ष पासङ शेर्पा लगायत नेपाली जन-सम्पर्क युएईका सभापतिले समेत गम्भीर चासो लिएको थियो।
मृतक तामाङको परिवारमा बुवा आमा, १ भाई र १ बहिनि रहेको छ । मृतकको शव छिट्टै नेपाल ल्याउन आवश्यक प्रक्रियाको लागि मृतकको परिवारले सम्बन्धित नेपाली नियोग, नेपाली संघ-संस्था तथा अभियन्ताहरुलाई हार्दिक अपिल गरेका छन् ।

एक बर्ष अघि मात्र युएईमा पुगेका तामाङ उपचार कै क्रममा कलिलै उमेरमा दिवंगत भएको खबरले अत्यन्त मर्महात तथा दुखित बनाएको बताउँदै मृत आत्माको चिर शान्तिको कामना गर्दै वडा अध्यक्ष तामाङले हार्दिक श्रद्धाञ्जली तथा परिवारप्रति भावपूर्ण समवेदना व्यक्त गरेका छन् ।