[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारी सिलसिलामा मलेसियामा एक कम्पनीमा कार्यरत रहेकै अवस्थामा मेसिन दुर्घटनामा परेर बायाँ हात गुमाएका नेपाली कामदार टेक बहादुर पुलामी मगरलाई नेपाल मगर संघ मलेसियाले आर्थिक सहयोग रकम प्रदान गरेको छ।
नेपाल ठेगाना ओखलढुंगा चम्पादेबी गाउँपालिका २ , पलापु टोल निबासी टेक बहादुर पुलामी मगर बिगत ६ बर्षदेखी मलेसियाको ईपो पेराकमा रहेको (AAI SDN BHD) नामक कम्पनीमा कार्यरत रहेका थिए।
कम्पनीमा कार्यरत रहेकै क्रममा करिब दुई महिना पहिले मिति २०२०/०८/२७ तारिखको दिन बिहान ०८:३० बजेतिर ड्युटी गर्दैगर्दा मेसिन दुर्घटनामा परी बायाँ हात गुमाउन पुगेको सोही कम्पनीमा काम गर्ने नेपाली कामदार लोकेन्द्र पुन मगरले बताउनुभयो।

अहिलेसम्मको उपचार खर्च कम्पनीले ब्यवहोरीरहेको भए पनी अझै सम्म थप आवश्यक उपचार र कृतिम हात लगाउन डाक्टरहरुले सल्लाह दिएको छ। तर पीडित मगरको घरमा पनी आर्थिक अवस्था एकदमै कमजोर रहेकोले थप उपचार गराउन कठिनाई भैइरहेको बेला नै सो दुर्घटनाबारे जानकारी पाएका मगर संघ मलेसियाले आफ्नो पदाधिकारीहरुसंग आर्थिक सहयोग रकम संकलन गरि आरएम ५५० रिंगेट नेपाली रु. १५ हजार बराबरको रकम उपचारमा सहयोगको लागी प्रदान गरेको छ।

संकलित आर्थिक सहयोग रकम पीडित टेक बहादुरकै ब्यक्तिगत खातामा बैंक मार्फत ट्रान्सफर गरि जम्मा गरिदिएको मगर संघ मलेसियाले बताएको छ।
सहयोग गर्ने दाताहरूको नमावली निम्न प्रकारको रहेको छ :
(१) पुश्मिता ठाडामगर :आरएम ५०
(२) सन्जय थापामगर : आरएम ५०
(३) रुपेन आलेमगर : आरएम ५०
(४) राम प्रसाद पुनमगर : आरएम ५०
(५) ऋषि रानामगर : आरएम ५०
(६) टंक दर्लामीमगर : आरएम ५०
(७) योग लुङ्गेलीमगर : आरएम ५०
(८) भगीसरा आलेमगर : आरएम ५०
(९) निमानसिङ पुनमगर : आरएम ५०
(१०) जुन ब.आलेमगर : आरएम ५०
(११) वीर बहादुर सारुमगर : आरएम ५०
# जम्म्मा मलेसियन आरएम : ५५० रिंगेट मात्र ।

एउटा् हात गुमाएर पुर्ण रुपमा निको हुन बाँकी रहेको टेक बहादुरलाई यदि तपाईंहरुले पनि थप उपचारमा सघाउनको लागी आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने तल दिइएको मोबाईल नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।
बिरामीको नाम :- टेक बहादुर पुलामी मगर ओखलढुंगा
फोन नम्बर :- +६०१६३३९५४३६
बिरामीसंगै बस्ने लोकेन्द्र पुनमगर +६०१०७६१८०६३ अथवा मगर संघ मलेसियाको पदाधिकारी राम प्रसाद पुनमगर +६०११२३८१३२६२




















