क्वालालम्पुर ( मलेसिया ):= बारा जिल्ला उतर झिटकैया-६ बस्ने मलेसियामा कार्यरत रहेका एक नेपाली कामदार राज कुमार महतो कोईरी मलेसियामै बेपत्ता भएका छ्न।
कैयौं बर्षदेखी (pan north plastic sdn bhd (58181 k) mertajam penang malesiya) मा काम गर्दै आएका कोइरी बिगत १२ वर्ष देखि मलेसियामा रहेको तर सम्पर्क बिहिन बेपत्ता भएको परिवार श्रोतले जनाएको छ।
परिवार श्रोतका अनुसार अन्तिम पटकको सम्पर्कमा उनले काम गर्दै आएको कम्पनि राम्रो नभएको कारणले आफुले कम्पनी छोडेर अबैधानिक हैसियतमा काम गर्दै आएको बताएका थिए।

आफु नयाँ पासपोर्ट बनाएर बैधानिक बन्ने प्रक्रियामा रहेको बताउदै उनले घर बाट नेपालि नागरिकता प्रमाणपत्र मगाएका थिए । उनि अबैधानिक भएपस्चात पनि निरन्तर ४,५ वर्ष परिवारजनको सम्पर्कमा रहेका उनि बिगत ६,७ वर्ष देखि सम्पर्कमा नरहेकोले परिवार ले खोजीको लागि पहल गरेको हो।
आफ्नो परिवारको सदस्य यतिका समयबाट सम्पर्क बिहिन हुँदा परिवार चिन्तित रहेको ले कसैले देख्नु भएमा नेपालि दुतावास मलेसिया अथवा मलाया खबरको टिमलाई ह्वाट्सएप सम्पर्क नम्बर +६०११११८७७३४० मा म्यासेज अथवा फोन गरि जानकारी गराई सहयोग गरिदिनुहुन परिवारजनले अनुरोध गरेको छ।




















