मलेसियामा कार्यरत नेपाली श्रमिक तिल बहादुरको सुत्यासुत्यै मृत्यु।

क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको क्याम्रन हाइलेण्डमा तरकारी उत्पादक कम्पनी,गार्डेनमा काम गर्दै आएका झापाका तिल बहादुर हाङसरूम्बाको गत बुधवार सुत्यासुत्यै भएर मृत्यु भएको छ।

खाना खाएर सहजै सुतेका तिल बहादुर बिहान मृत अबस्थामा फेला परेको संगै कामगर्ने , बस्ने साथीहरूले बताए। बिगत ५ बर्ष देखि मलेसियामा कार्यरत तिल बहादुरको मृत शव स्थानीय प्रहरीको सनाखत पछि तानाता हस्पिलमा पोस्टमार्टमको लागि लगिएको कम्पनी स्रोतले बताए।

[ तस्बिरमा मृतक तिल बहादुर ]

कम्पनी श्रोतले दिएको जानकारी अनुसार आवश्यक सम्पुर्ण कागजी प्रक्रिया पुर्याएर मृतकको शव अन्तिम दाहसंस्कारको लागि स्वदेश फर्काउने तयारीमा रहेको स्रोतलाई उद्दृतगर्दै नेपाली ब्यवसायी श्याम क्ष्रेष्ठ ले जानकारी गराए।


( Advertise )