हेल्प मधेशी मलेसिया संस्थाले मृगौला पीडितलाई गरे रु.६५ हजार आर्थिक सहयोग।

[ आरएन चौधरी थारु/अमरेश यादब ]


क्वालालम्पुर ( मलेसिया ):= हेल्प मधेशी मलेसिया नामक सामाजिक संस्थाले मृगौला पीडित प्रदेश न.२ जिल्ला महोत्तरी अनैठा घर भएको नेपाली युवा राम सकल महरालाई उपचारमा सहयोग स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ।

वैदेशिक रोजगारीको सिलसिलामा राम सकल केहि बर्ष पहिला मलेसियाको एक कम्पनीमा कार्यरत रहदा दुबै मृगौला काम गर्न छाडेको साथै (Blood infection ) रगतमा पनि केहि खराबी देखिएको थियो। मलेसियामा उपचार हुने सम्भावना एकदमै न्यून देखिएपछि डाक्टरको सल्लाह अनुसार कम्पनीले उनलाई स्वदेश फर्काएका थिए ।

हाल स्वदेश फर्केर उपचारको लागी भारतको पटनामा थप उपचार गराइरहेको मृगौला पीडित रामको पारिवारिक आर्थिक अवस्था एकदमै नाजुक,कमजोर रहेको पाइएको छ।
आर्थिक अवस्था एकदमै कमजोर रहेकोले थप उपचार गर्न कठिनाई भैइरहेको रामले बताउदै सहयोगको याचना गरेका थिए ।

सो कुरा मलेसियामा रहेको हेल्प मधेशी नामक संस्थाले जानकारी पाए लगत्तै पीडित रामलाई नेपाली रु. ६५ हजार रुपैयाँ मलेसियाबाट बैंक मार्फत ट्रान्सफर गरेर सहयोग गरेको संस्थाका नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादवले बताए।

राम सकल हेल्प मधेशी संस्थामा सक्रिय सदस्यको रुपमा समेत कार्यरत रहि समाजसेवा गरिरहेको थियो। सो आर्थिक रकम संस्थाको बातुपहात शाखाको पदाधिकारीहरुले सहयोग रकम संकलन गरि नेपाल केन्द्रमा पठाएका थिए , सो रकम संस्थाका केन्द्रिय अध्यक्षले स्वयंम आफैं पीडितको घरमा गएर, उपस्थित भएर चेक मार्फत प्रदान गरेको जनाएको छ।

उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा हेल्प मधेशी नेपाल केन्द्रको अध्यक्ष, संस्थाको मलेसिया कोषाध्यक्ष प्रमोद महतो,मोहत्तरी युवा संञ्जालकी उपाध्यक्ष सबिता यादव र सदस्य संजीव श्रेष्ठको उपस्थितिमा हिजो अक्टोबर ३० तारिख , शुक्रबारको दिन हस्तान्तरण गरिएको हो।