सडकमा खाल्डो भएपछि राईजिङ स्टारका युवाहरुले गर्‍याे मर्मत।

[ राम अवतार चाैधरी ]
कपिलवस्तु:= कपिलवस्तुको शिवराज-५, चन्द्राैटा चाेकमा मुख्य सडकमा ठूला-ठूला खाल्डो भएपछि स्थानीय युवाहरूले मर्मत गरेका छन् । राईजिङ स्टार युवा क्लबले अाफ्नै लगानीमा बाटाे मर्मत गर्न लागेकाे जनाएकाे हाे ।

क्लबका अध्यक्ष प्रदिप थापाले शिवराजकै मुख्य बजार चन्द्राैटा भएर पनि मुख्य साडकमा नै खाल्डा खुल्डी भएका कारण दिनानुदिन दुर्घटना बढ्दै गएकाे बताए । करिब १५ हजार लागत बराबरको सडक मर्मत गर्दै खाल्डाखुल्डीकै कारण कसैको ज्यान गएकाे देखेर रिप लेख्नु भन्दा समयमै सतर्क हुनु अावश्यक रहेकाे उनले बताए ।