थारु सेवा समाज मलेसियाद्वारा कोरोना पीडित,बिपन्न परिवारकि सीतालाई रु.३४ हजार आर्थिक सहयोग।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= रोजगारीको निम्ति मलेसियामा कार्यरत थारु समुदायका युवा,युवतीहरु एकजुट भैइ स्थापना गरेको जातीय सामाजिक संस्था प्रवासी थारु सेवा समाज मलेसियाले नेपालमा आर्थिक सहयोग प्रदान गरेको छ।

प्रवासी थारु सेवा समाज मलेसियाको महिला उप-अध्यक्ष सरिता चौधरी र नेपालमा सञ्चारक्षेत्रमा कार्यरत युवा थमन चौधरीको अगुवाईमा समाजको पदाधिकारीहरुबाट संकलन गरिएको आरएम १२०० रिंगेट नेपाली रु.३४ हजार ३२० रुपैयाँ नेपालको दाङ् जिल्ला तुलसीपुर . १३ ढकना निवासी सीता चौधरीलाई सहयोग गरेको हो।

सीता चौधरीलाई थारु समाज मलेसियाको पदाधिकारीहरु क्रमशः बिकास चौधरी , सरिता चौधरी , रमेश कुमार पजियार थारु , परशुराम चौधरी (एलेक्स) , राजेश चौधरी , कुलानन्द चौधरी , अर्जुन चौधरी , काशिराम चौधरी , सुशील चौधरी , घनश्याम चौधरी , बलराम चौधरी लगायतको समाजसेवी ब्यक्तित्वहरुले आर्थिक सहयोग गरि समाजको तर्फबाट संयुक्त रुपमा सहयोग गरेका हुन।
आर्थिक सहयोग रकम मलेसियाबाट सिटि एक्सप्रेस मार्फत नेपाल ट्रान्सफर गरिएको थियो । उक्त रकम बैंकबाट निकालेर सञ्चारकर्मी थमनले सीताको घरमै पुगेर हस्तान्तरण गरेका हुन।

घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको र घरमा दुई छोरी मात्रै रहेको सिताको श्रीमान राज कुमार चौधरी परिवारको पालनपोषण गर्न र छोरीहरुलाई पढाउन लेखाउन सहयोग पुगोस् भन्ने सोचको साथ आजभन्दा २ बर्ष अगाडि वैदेशिक रोजगारीको निम्ति साउदी अरब काम गर्न गएका थिए। गाउँबाट साहु संग जसोतसो ऋण काढेर साउदी गएका राजकुमारले भनेजस्तो काम पनि पाएन र तलव पनि पाएन , रोजगारदाता कम्पनी नराम्रो परेपछि काम गर्न नपाएर लिइएको ऋण समेत तिर्न सकेनन् राजकुमारले।

ऋणको भारी टाउकोमाथी रहेकैबेला अच्चानक कोरोना भाइरसको संक्रमणले राजकुमारको साउदीमै मृत्यु भएको खबर निजको श्रीमति सीता चौधरीले भावुक हुँदै मलाया खबरलाई सुनाइन्। अल्पआयुमै घरमुलि श्रीमानको मृत्यु भएपछि पारिवारिक खर्च धान्न समेत धौँ धौँ परिरहेको कुरा सुनाउदै सहयोगको याचना गरेकी छिन सिताले।

यदि कोहि मनकारी ब्यक्ति सीता चौधरी र उनका दुई छोरी बच्चाहरुलाई जीवन जिउनको लागी सहयोग गर्न चाहनुहुन्छ भने , यस् अभियानका अभियान्ता थमन चौधरीको नेपालको मोबाईल नम्बर +977982-8950013 मा टेलीफोन मार्फत सम्पर्क गरेर बुझ्न र सक्दो सहयोग गर्न सक्नुहुनेछ।