मलेसियामा हात गुमाएका शाह कृतिम इलोक्ट्रोनिक हात लगाइ आज बाट काममा फर्किए ।

बारा जिल्ला कलैया उपमहानगरपालिका २२ का दिपक प्रसाद शाह गतबर्ष नोभेम्बर 26 तारीख काम गर्ने सिलसिलामा मलेसियाको मलका स्थित मजिस्थाना नजिकै YHI कम्पनी मा मेसिनमा च्यापिएर पुर्ण रुपमा देब्रे हात गुमाएका थिए।

शाहको राम्रो उपचार र रोजगारदाता कम्पनीको नियमित हस्पिटल सङको फलोअपका कारण आजबाट कृतिम हात लगाइ पुनः काममा फर्केका छ्न।

उनको कृतिम हात हाल्ने योजना कम्पनीले आज पुरा गरेको छ । ३० अक्टोबर २०२० मा उनको नया इलोक्ट्रोनिक हात लगाएपछि काम मा फर्किएका हुन।