मलेसियामा सन्ध्या तामाङको हत्या गरेको आरोपमा सुरक्षागार्ड तामाङविरुद्ध मुद्दा दर्ता।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरमा आफ्नै प्रेमिकाको ह’त्या गरेको अभियोगमा ४४ वर्षीय नेपाली सुरक्षा गार्ड बल बहादुर तामाङ विरुद्ध स्थानीय मजिस्ट्रेट अदालतमा मुद्दा दर्ता गरिएको छ।

उनीमाथि गत अक्टोबर ९ र १० को बीचमा क्वालालम्पुरस्थित ‘जालान हाङ कस्तूरी’ मा रहेको एक होटलको कोठामा २४ वर्षीया नेपाली युवती सन्ध्या तामाङको ह’त्या गरेको अभियोग लगाइएको छ। मृ’तक सन्ध्या मलेसियामा एक कारखाना श्रमिक (फ्याक्ट्री वर्कर) को रूपमा कार्यरत थिइन्।

आ’रोपित बल बहादुरलाई ड्याङ वाङ्गी प्रहरी मुख्यालयको आ’प’राधिक अनुसन्धान विभागले कडा सुरक्षाका साथ अदालतमा उपस्थित गराएको थियो, जहाँ उनलाई मलय भाषामा चार्जशिट पढेर सुनाइएको थियो।

मलेसियाको पेनल कोडको धारा ३०२ (ह’त्या सम्बन्धी कानुन) अन्तर्गत दर्ता गरिएको यो मु’द्दामा अपराध प्रमाणित भएमा आरोपीलाई मृ’त्युदण्ड वा ३० देखि ४० वर्षसम्मको जन्मकै’द र कम्तीमा १२ कोरा हान्ने सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ।

स्रोत- स्थानीय सञ्चारमाध्यम