‘रअ’ प्रमुखलाई भेटेको चर्चाबारे बाबुरामको जवाफ: भीम मल्ल र भीमसेन थापालाई मा’र्ने मेरो देश।

काठमाडौं := जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले रअ प्रमुखसँग भेटेको भनेर लेखक खगेन्द्र संग्रौलाले गरेको टिप्पणीमाथि जवाफ फर्काएका छन् ।

लेखक संग्रौलालाई ट्विटरमै जवाफ दिँदै बाबुरामले भनेका छन्,‘खगेन्द्र सॅग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय,बुद्धि/विवेकको के अपेक्षा गर्नु? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मा’र्ने मेरो देश! बिपी र पिएललाई बाचुन्जेल दलाल र ग’द्दार भन्ने र म’रेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त?

खगेन्द्रले यस्तो लेखेका थिए’ डा.बाबुराम भट्टराई “रअ” प्रमुख सामन्त गाेयल्सलाई सुटुक्क भेट्ने, सामन्त गाेयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क काे’राेना भाइरस सल्काउने! अनि यता बाबुराम आइसाेलसनमा,उता सामन्त आइसाेलेसनमा। देहमा भाइरस सल्का इनु सामान्य कुरा हाे,दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पाे सतायाे!’