एनआरएनए एसिया–प्यासिफिक सम्मेलन सफल बनाउन सहयोग गर्ने राजु तामाङलाई उच्च सम्मान तथा धन्यवाद।

 चीन:= “Rising Together, Leading Forward” भन्ने मूल भावनासहित आगामी अगस्ट १५–१६, २०२६ मा चीनको ग्वाङ्झाउस्थित Crowne Plaza Guangzhou City Centre मा आयोजना हुन लागेको एनआरएनए एसिया–प्यासिफिक ११औँ सम्मेलनलाई भव्य, सभ्य र सफल बनाउन महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै एनआरएनए मलेसियाका उपाध्यक्ष राजु तामाङप्रति आयोजकले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।

सम्मेलनको तयारी तथा व्यवस्थापनका क्रममा तामाङले पुर्‍याएको अतुलनीय सहयोग, सहकार्य, समन्वय र अमूल्य योगदानप्रति एनआरएनए एसिया–प्यासिफिक ११औँ सम्मेलन मूल आयोजक समिति–२०२६ले कृतज्ञता व्यक्त गरेको हो।

आयोजक समितिले तामाङको निरन्तर साथ, मार्गदर्शन र सद्भावले सम्मेलनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

सम्मेलनको तयारीमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै आयोजक समितिले तामाङको सु–स्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामनासमेत व्यक्त गरेको छ।