रोट्र्याक क्लबको कार्यक्रममा ७६ जनाले गरे रक्तदान।

[ राम अवतार चौधरी ]

कपिलवस्तु:= रोट्र्याक कल्ब अफ कपिलवस्तुले बिहिवार आयोजना गरेको एक दिने बृहत् खुल्ला रक्तदान एवम् शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटा स्थित संजिवनी अस्पतालमा कार्यक्रम विहिबार सम्पन्न गरेको हो।

रोट्र्याक कल्ब अफ कपिलवस्तुको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा कूल ७६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष विक्रम के.सी.ले जानकारी दिए।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विश्व नै कोभिड–१९ को महामारीसँग संघर्ष गर्दै गर्दा धेरै बिरामी रगत नपाएर ज्यान गुमाइरहेको बखत कल्बले गरेको कार्य प्रशंसा गरे । सामाजिक अभियनमा अग्रसर भएर अहोरात्र खट्एिको संस्था नै रोट्र्याक रहेको उनले जिकिर गरे । रोट्र्याक कल्ब लगायतका संघ संस्थाले यस्ता कार्यक्रम गर्न आवश्यक रहेको उल्लेख गर्दै यतिबेला समाजलाई एकदमै रगतको खाँचो रहको सदस्य के.सी.ले बताए । दशैँ, तिहार र छठ पर्वका शुभकामना व्यक्त गर्दै देश हानँक्ने युवा पुस्ताले वर्तमान समयमा जिम्मेवारी विहिन हुँदै रक्सी लगायत नशालु पदार्थको सेवनले चाँड पर्व मनाउन नहुने बताए । यस्ता विकृतिले गर्दा सिंगो समाज नै दुर्गन्धित भएको जनाए।

कार्यक्रम रोट्र्याक कल्ब अफ कपिलवस्तुको अध्यक्ष विक्रम केसीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको प्रमुख आतिथ्यिता, स्थानीय बुद्घिजिवी, समाजसेवी, प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधी र सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो।