रोट्र्याक कपिलवस्तुको अध्यक्षमा बिक्रम के.सी.चयन।

[ राम अवतार चौधरी ]


कपिलवस्तु:= रोट्र्याक कपिलवस्तुको अध्यक्षमा बिक्रम के.सी.चयन भएका छन् । बर्ष २०१९-२०२० को लागि अध्यक्ष दिपक घिमिरेले बर्ष २०२०–२१ को अध्यक्ष पदमा के.सीलाई पद हस्तान्तरण गरिएका हुन्।

अध्यक्ष पदभार ग्रहण गर्दै के.सीले रोट्र¥याकको नियम अनुसार सामाजिक क्षेत्रमा अग्रसर भएर काम गर्ने बताएका छन् । अध्यक्ष सहित १५ सदस्य कमिटीलाई सफल कार्यकालको शुभकामना प्रदान गरिएको बताइएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले देश समृद्व बनाउन युवाहरुको अहम भुमिका हुने भएकोले रोट्र¥याक क्लबको सफलताको कामना समेत सदस्य के.सीले व्यक्त गरेका थिए।