रचना रिमाल र कृष्ण लामिछानेको “तिहारै आयो” बोलको गीत सार्वजनिक

दशैंँ तिहारलाई लक्षित गर्दै दशैंँ तिहारका गीतहरु दिनानुदिन सार्वजनिक भैरहेको बेला “तिहारै आयो” बोलको तिहार गीत आज सार्वजनिक भएको छ ।

सो गीत प्रविन थापाको निर्देशन र नमराज घिमिरेको छायांकनमा अभिनव चौहानको शब्द कृष्ण लामिछानेको संगीत र चर्चित गायिका रचना रिमाल,कृष्ण लामिछानेले स्वर राखेका छन ।
तिहारै आयो बोलको गीत सर्व सम्मान म्युजिक प्रा लि को आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको छ।
जसमा प्रकाश क्षेत्री,सुरेश गौतम, अभिनव चौहान, पुष्कर आचार्य , बबिता परियार , कृष्ण बिसि भान्जा लगायत मंगलम रेकर्डिङ्ग स्टुडियोका सम्पूर्ण कलाकारहरुको प्रस्तुति रहेको छ ।