क्वालालम्पुर (मलेसिया):= मलेसियाको नेगेरी सेम्बिलान राज्य अन्तर्गत पर्ने पोर्ट डिक्सनको तामान लिङ्गीमा एउटै बगानमा काम गर्ने र सँगै बस्ने बंगलादेशी श्रमिकहरू बीच भयानक आपसी झगडा भएको छ। सामान्य विवादबाट सुरु भएको उक्त हिंस्रक झगडामा धा’रि’लो हँसियारूपी हति’यार प्रहार हुँदा तीन जना बंगलादेशी नागरिकको दर्द’नाक मृ’त्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घाइते श्रमिकको हाल स्थानीय रेम्बाउ अस्पतालमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाउनासाथ सक्रिय भएको मलेसियाली प्रहरीले ह’त्यामा संलग्न रहेको बलियो आशङ्कामा ४० वर्ष आसपासका एक बंगलादेशी नागरिकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले आरोपीको साथबाट आक्रमणमा प्रयोग गरिएको हँसिया समेत बरामद गरेको छ। प्रहरीको विस्तृत अनुसन्धान अनुसार मृ’तकहरू मध्ये एक जनाको शव उनीहरू बस्ने घरभित्र र बाँकी दुई जनाको शव नजिकैको सुआ माङ्गीस बगानमा फेला परेको थियो।
मलेसियाली प्रहरीले पक्राउ परेका आरोपीलाई पोर्ट डिक्सन म्याजिस्ट्रेट अदालतमा पेस गरी थप अनुसन्धानका लागि ७ दिनको हिरासत (रिमाण्ड) स्वीकृत गराएको छ। प्रहरी प्रमुखका अनुसार यो घटनालाई मलेसियाको पेनल कोडको धारा ३०२ (ह’त्या) अन्तर्गत दर्ता गरेर गहिरो अनुसन्धान अगाडि बढाइएको छ। पक्राउ परेका व्यक्तिको यसअघि कुनै आपराधिक रेकर्ड नरहेको र उनीहरूबीच के कस्तो लेनदेन वा असमझदारीका कारण यो घटना घट्न पुग्यो भन्नेबारे प्रहरीले घटनाक्रमको सुक्ष्म अनुसन्धान गरिरहेको छ।
स्रोत- स्थानीय मीडिया




















