काठमाडौं:= तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको तारकेश्वर कप २०८३ लाई सफलतापूर्वक सम्पन्न गराउने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाहरूबाट सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ।
यसैक्रममा, तारकेश्वर नगरपालिका–८ स्थित टिपटो स्पोर्ट्स हब मा सञ्चालन भइरहेको प्रतियोगिताका लागि Nepalese Football Association Malaysia (नेप्लिज फुटबल एसोसिएसन मलेसिया) का अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक हेमप्रसाद भट्ट (सन्तोष) ले रु. २५,००० आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
तारकेश्वर नगरपालिका खेलकुद समितिका अध्यक्ष बिक्रम खड्गी का अनुसार उक्त रकम प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट प्रशिक्षक लाई जनही रु. ५,००० का दरले पुरस्कार प्रदान गर्न प्रयोग गरिनेछ।
आयोजक समितिले खेलकुदको विकास र प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हेमप्रसाद भट्टको यस सहयोगको उच्च प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गरेको छ। साथै, यस्ता सहयोगले प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ।
तारकेश्वर कप २०८३ मा स्थानीय तथा विभिन्न क्षेत्रका प्रतिभावान खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको छ भने प्रतियोगिताले युवा खेलाडीहरूको क्षमता अभिवृद्धि र खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।




















