नेपालमा किन कहर माथि कहर ?

हाल प्राकृतिक प्रहारहरू सहनै नसक्ने गरी आएका छन् । कोरोना भाइरसले कालको रूप धारण गरेर मानिसमाथि निरन्तर प्रहार गरिरहेको छ । यो क्रम दिनानुदिन वृद्धि हुँदै गएको छ । कतिको व्यापार व्यवसाय डुबेको छ भने कतिले आप्mना प्रियजन गुमाएका छन् । एकै पटक सिंगो विश्वमा आप्mना विषालु विशाल पखेटा फैलाएर मानिसलाई निमोठ्दै मार्दै गरेको कस्तो दानव होला यो ?

विश्वभरी हालसम्म दश लाख बढी मानिसहरू काल कबलित भइसकेका छन् । यो कोरोना भाइरसको संक्रमण फैलिइरहेको ९ महिना बितिसक्दा पनि यो क्रम रोकिएको छैन बरू वृद्धि हुँदै गइरहेको छ । यो कहर कहिले रोकिने सम्बन्धमा कुनै विज्ञले प्रक्षेपण गर्न सकेका छैनन् ।

नेपालमा पनि दिनानुदिन संक्रमितको संख्या बढ्दै गइरहेको छ । हाम्रो मुलुकमा ९५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । काठमाडांै उपत्यकामा द्रुतगतिले संक्रमणमा वृद्धि भइरहेको छ । देशभर हालसम्म झण्डै ६ सय जनाको मृत्यु भइसकेको छ । यसको नियन्त्रणर रोकथामको औषधि हालसम्म बनेको छैन । 

अहिले जनजीवन केही सहज तुल्याउने प्रयास गरिएको छ । उद्योगधन्दाहरू चल्न थालेका छन् तर पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा कोरोनाको असर नराम्ररी पर्न जाने कुरा निर्विवाद छ । विश्व बैंकले नेपालमा नराम्रो आर्थिक मन्दी हुनेअनुमान गरिसकेको छ । कोरोनाको कहरकै बेला यस वर्षको मनसुन सुरु भएसँगै अतिवृष्टिको लहर सुरु भयो । यसले देशैभर नोक्सानी पु¥यायो । सिन्धुपाल्चोक, बाग्लुङलगायत ठाउँमा पहिरो गएर धनजनको क्षति भयो । यसरी यस्ता त्रासदीपूर्ण घटनाहरूले कोरोना संक्रमणकै समयमा आक्रान्त पारिराखेको छ । 

सिन्धुपाल्चोकमा यस वर्षको अतिवृष्टिले ८० जनाको ज्यान गयो । कालिकोटमा भदौ १४ र १५ मा आएको भीषण वर्षाले गएको पहिरोमा परी ११ जनाको ज्यान गयो । भदौ १८ गते बाग्लुङ जिल्लाको ढोरपाटनमा पहिरो र बाढीले ११ जनाको ज्यान लियो भने ४१ जना बेपत्ता भए । यहाँ धनजनको ठूलो क्षति भयो । म्याग्दी, बझाङ, धनकुटा, दोलखालगायत जिल्लामा पहिरोले धेरै क्षति ग¥यो । 

तराईका जिल्लाहरू डुबानमा परे । मानिस,दघरपालुवा पशुहरू, खाद्यान्नलगायतमा क्षति भयो । कुन–कुन जिल्लामा के कति क्षति भयो त्यसको पहिचान गरी उचित राहत र व्यवस्थापन अझै हुन सकेको छैन । 

पृष्ठभूमि ः हुन त नेपालको पहाडी भौगोलिक अवस्थिति र जलवायुको अवस्था दृष्टिगत गर्दा विश्वका अरू मुलुकभन्दा बढी प्रकोपजन्य मुलुकमा नेपाल पर्दछ । साथै जलवायु परिवर्तनको तुरुन्त असर पर्नेमा नेपाललाई चौथो श्रेणी र भुइँचालो गइरहनेमा ११ औं श्रेणीमा राखिएको छ । यहाँको जनसंख्याको करिब ८० प्रतिशत प्रकोपजन्य जोखिममै रहिरहेका छन् । यिनै कारणहरूले नेपाल विश्वको अतिप्रकोपजन्य राष्ट्रहरूमध्ये २०औं स्थानमा पर्न गएको छ । यस्तो स्थिति हुनुमा मोटामोटी प्राकृतिक र मानवीय दुई कारण देखिन्छन् ।

१. मानवीय उपद्रव ः

यसले गर्दा नेपालमा सालसालै प्रकोप वृद्धि भइरहेको छ । यस्ता उपद्रवहरू निम्न लिखित हुन् ः

क) वन विनाश ः नेपालमा पञ्चायतकालको सुरुवातदेखि वन फँडानीको यस्तो लहर चल्यो जसले पूर्वी तराईको विशाल चारकोसे वन सखापै भयो । चुरे पर्वत शृंखलामा रहेका होचा काठ पनि मानिसहरूले लुकिछिपी काट्दै गए । सरकारी फितलो निगरानीबाट वन संरक्षण हुन सकेन । यसले गर्दा तराई क्षेत्रमा सालसालै बाढीले बितन्डा मच्चाउने गरेको छ । 

ख) सम्पूर्ण तराई मधेसका नदीखोलाहरूको बालुवा, गिट्टी र ढुंगा अनियन्त्रित र अत्यधिक रूपमा दोहन हुन थालेपछि खोला तथा नदीहरू आफ्नो प्राकृतिक बहावस्थल परिवर्तन गरी अनियन्त्रित भई बग्न थालेकाले गाउँबस्तीमा पसेर खेतीको जग्गासमेत कटान गरेर बगरमा परिणत गरिदिने गरेको छ । 

ग) बढ्दो जनसंख्याको चापले गर्दा मानिसहरूले नदीहरूको बहावलाई समेत साँघुरो पारेर बसोबास गरिदिनाले साँघुरिएको नदी खोलाहरूमा उछाल आई जनधनको क्षति हुने गरेको छ । 

घ) पहाडी भूभाग (चुरे पर्वत शृंखलामा समेत) मा वन कटान गरी कुनै योजना बेगर भिरालो पहरासमेतमा बसोबास गर्न थालेकाले भूक्षयको समस्या सिर्जना भएरपहिरो जानाले धनजनको ठूलो क्षति हुने गरेको छ । हाम्रा पहाडी भूभागहरूमध्ये कति त चट्टानबाट मात्र नभई कमलो माटोले बनेका छन् । 

ङ) यस्तो भूबनोटमा भूगर्भविद् र इन्जिनियरहरूको सल्लाहविना हचुवाको भरमा बाटो खन्दा अनअपेक्षित विपद्हरू सालसालै वृद्धि भइरहेका छन् । स्थानीय सरकारले आफूले काम गरेको देखाउन खोज्दा जनताले ठूलो क्षति व्यहोर्नु परिरहेको छ । हचुवाका भरमा गरिने यस्ता कामहरू रोकी विस्तृत डिजाइन र प्रभाव मूल्यांकन गरेरमात्र काम गर्नुपर्छ । 

२) प्राकृतिक उपद्रव :

क) भूक्षय : नेपालको माउन्टेनियस टोपोग्राफी कहीँ कमलो र कहीँ कडा चट्टानबाट बनेको छ । नेपालमा भूक्षय भई बगेको माटोबाट बंगालको खाडीमा एउटा टापु बनेको छ भनिन्छ । 

ख) नेपालमै पनि सबैजसो नदी वा खोलाहरूको सतह (रिभर–बेड) भूखस्लनले गर्दा माथि उठिसकेको छ । यस्तोमा अतिवृष्टिका कारण बाढी आइदिँदा उछाल गाउँबस्तीमा पसेर बितन्डा मच्चाउने गर्छ ।

ग) जलवायु परिवर्तनको असर नेपालमा धेरै पर्ने देखिएको छ । यसको न्यूनीकरणमा अझ ध्यान पु¥याउनुपर्ने देखिन्छ । जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यसको नियन्त्रणमा विश्व एकजुट हुनुपर्छ ।

यी माथि वर्णन गरिएका मानवीय उपद्रवहरूलाई सरकारले नियमन गर्नुपर्छ । नियम कानुन बनाएरमात्र हुँदैन कार्यान्वयन पनि कठोरतापूर्वक गर्नुपर्छ । त्यस्तै प्राकृतिक उपद्रव न्यूनीकरणतर्फ विशेष तदारुकतासाथ दीर्घकालीन समाधान खोजिनुपर्छ ।