काठमाडौं । कोरोना महामारी कै बीच सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुलेको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीको लागि आवेदन आज राति ९ः४५ बजेबाट खुला हुने जानकारी दिएको छ ।
डीभी भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ ।
इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्नेछन् ।
डीभी बारे विस्तृत जानकारीको लागि लिंकमा जानुहोस्ः



















