स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने।

काठमाडौँ:= विद्यालय तथा विश्व विद्यालय तहका स्थगित परीक्षा अब ध’माधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थ’गित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरिदिएको हो।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विश्वविद्यालय, विद्यालय तथा आयोगको समेत स्थगित परीक्षा सञ्चालन गर्ने बाटो खुलेको जानकारी दिनु भयो । सरकारको यो निर्णयसँगै अब शैक्षिक संस्था तथा सम्बद्ध निकायले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिन पाउनेभएका हुन् । यसअघि सरकारले भौतिक उपस्थितिमा सञ्चालन गर्नेगरी परीक्षाका लागि बाटो खुला गरेको थिएन।

मन्त्रालयले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न बाटो खोलिदिन सरकारसित सिफारिस गरेको थियो । यसैबीच लामो समयदेखि अन्योलमा रहेको कक्षा–१२ को स्थगित परीक्षाका बारेमा एक साता भित्र निर्णय गरिनेभएको छ । सर कारको यो निर्णयले कक्षा–१२ को परीक्षा सञ्चालन गर्न बाटो खुले पनि परीक्षा सञ्चालनको विधि मापदण्ड लगायतको निधो हुन अझै बाँकी रहेकाले त्यसका लागि बढीमा एक साताभित्र निर्णयमा पुग्ने जानकारी शिक्षा प्रवक्ता शर्माले दिनुभयो।

सरकारले स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरे पनि विद्यार्थीको परीक्षा सञ्चालन गर्दा सम्बद्ध संस्थाले सरकारले तोके बमोजिमको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भएको छ । आजको गोरखापत्र दैनिक मा खबर छ।