[ प्रमोद जंग चौधरी ]
बाँके:= लामो समय देखि थारु सांगीतिक क्षेत्रमा लाग्दै आएको , बहुचर्चित मोडेल तथा गायक राज कुश्मीको नयाँ थारु कल्चर गित “बिछुरल कैसिन हो“ को भिडियो युट्युबमा सार्वजनिक भएको छ।
आरकेसि डिजिटल युट्युब च्यानल बाट सार्वजनिक भएको यस थारु कल्चर गितमा शब्द, संगीत गायक राज कुश्मिको रहेको छ भने स्वरमा राज कुश्मी, चर्चित गायिका सोनु कुश्मीले साथ दिनुभएको छ । मादल राज कुश्मीको रहेको छ भने मजिरामा नन्दुराज सिङ धामिले साथ दिनुभएको छ।


त्यसै गरि भिडियोको कोरस स्वरमा अन्नु चौधरी, गणेश चौधरी, समिक्षा, आर के चौधरी लगायतका गायक गायिकाले साथ दिनुभएको छ भने भिडियोलाई सत्ते नारायण फेतारले निर्देशन गर्नुभएको छ । सत्ते नारायण फेताराले निर्माण गरेको यस म्युजिक भिडियोको गितमा बासुदेव योगी, निशान पोखरेल, अनिल कुश्मी, युराज थारु, बिनिता चौधरी, सपना चौधरी, इन्दु चौधरी, बिष्ट योगी लगायतका कलाकारहरुको नृत्य रहेको छ । यस भिडियोको छायांकन रामु चौधरीले गर्नुभएको छ।
दशैलाई लक्षित गरी बनाइएको थारु म्युजिक भिडियो बिछुरल कैसिन हो ,गीतको छायाङ्कन बर्दिया जिल्लाको बबई रिसोर्ट बर्दियामा भएको कलाकार राज कुश्मीले जानकारी गराउनुभयो । आर के सि डिजिटलको युट्युब च्यानलबाट बिछुरल कैसिन हो, थारु गीत सार्वजनिक गरिएको हो।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्न सक्नुहुनेछ :




















