NRNA मलेसियाद्वारा राहत सामाग्री सहयोग, एकजना श्रमिकलाई स्वदेश फर्काइयो।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= गैर आवाशिय नेपाली संघ ( एनआरएनए ) मलेसियाले पेनाङ राज्यमा विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमणले समस्यामा परेका नेपाली श्रमिक युवा युवतीलाई आर्थिक तथा खाद्यान्न सामाग्री सहयोग गरेको छ।

पेनाङको पेन अपरिल एसडिएन बिएचडी नामक कम्पनीमा बिगत ५ महिनादेखि रोजगारी गुमाएको , घर फर्किन नपाएको नेपाली श्रमिक युवतीहरुलाई आइएलओले एनआरएनए मलेसियालाई ( कोभिड–१९ को महामारीबाट प्रभावित नेपाली श्रमिक घर फिर्ती र राहत कार्यक्रम ) अन्तर्गत सहयोग स्वरुप पठाएको रकमले खाद्यान्न सामाग्री सहयोग गरेको यसै अभियानमा खटिएर सहयोग गरिरहनु भएका समाजिक ब्यक्तित्व सुरेश कुमार देवकोटाले मलाया खबरलाई जानकारी गराउनुभयो।

त्यस्तै पेनाङमै अवस्थित डब्लु.एन .जे कम्पनीमा कार्यरत बाजुरा जिल्ला निवासी दृष्टा रावलको उद्धार गरि नेपाल सकुशल पठाएको छ।
जानकारी अनुसार रावलको भिसाको म्याद ७ महिना अगाडिनै सकिएपनि कम्पनीले घर पठाउन कुनै चासो देखाएको थिएन र उल्टै कम्पनीलाई भारी रकम तिर्न दबाब दिइरहेका थिए कम्पनीका म्यानेजरले ।

रावलको हातबाट रोजगारी समेत खोसिएको थियो र घर जाने बाटो पनि बन्द भैइसकेको थियो , केही महिना अगाडि रावलको बुवाको घरमा मृत्यु भयो । झन पिडा माथी पीडा थपियो रावललाई।उनले पुनः कम्पनीलाई आफ्नो बुवा बितेको खबर कम्पनीलाई सुनाएर घर पठाईदिनुहुन हारगुहार गरे तर रोजगारदाता कम्पनीले कुनै बास्ता गरेन।
त्यसैक्रममा रावल ले सहयोगका निम्ति एनआरएनए मलेसियालाई गुहारे , लगतै आवश्यक पहलका निम्ति आइएलओ अन्तर्गत प्रोजेक्टमा खटीरहेको टिमका सदस्य सुरेशले कम्पनीको म्यानेजर संग भेटघाट गरेर आवश्यक पहल गरिसके पश्चात् अन्ततः कम्पनीले रावललाई घर पठाउन सहमत भएको र सहमतिअनुसार यहीँ अक्टोबर ०२ तारिखको दिन स्वदेश फर्कन सफल भएको कुराको जानकारी सुरेशले गराउनुभयो।

एनआरएनएले दृष्टा रावललाई नेपालको काठमाडौंदेखी बाजुरा घर सम्म जानको लागी यातायातको टिकट किन्नको लागी आवश्यक आर्थिक सहयोग समेत गरेको बताइएको छ।
आइएलओको सहयोगमा सञ्चालनमा रहेको ( कोभिड–१९ को महामारीबाट प्रभावित नेपाली श्रमिक घर फिर्ती र राहत नामक यस् कार्यक्रम ५ महिनासम्म चल्ने र यस् कार्यक्रम बाट मलेसियामा समस्यामा परेका जुनसुकै नेपाली पनि लाभ लिन सकिने एनआरएनए मलेसियाले जनाएको छ।