काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
राष्ट्रपति ट्रम्पले यसबारे ट्वीट गर्दै आफू र आफ्नी पत्नी मेलानियालाई कोरोनासंक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टाइनमा बसेको उनले जनाएका छन् ।
केही दिन अघि भएको राष्ट्रपतिका उम्मेदवारको बसहमा समेत उनले मास्क लगाएका थिएनन् । शुक्रबार बिहानसम्म अमेरिकामा ७४ लाख ९४ हजार ६ सय ७१ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये दुई लाख १२ हजार ६ सय ६० जनाको मृत्यु भएको छ।
राष्ट्रपति ट्रम्प कोरोना भाइरसलाई चिनीयाँ भाइरस भन्दै गिज्याउँदै आएका थिए ।




















