अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण।

एजेन्सी := अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।  

ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो। 

Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!— Donald J. Trump (@realDonaldTrump) October 2, 2020



नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन। ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुनेछ। 

ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपराष्ट्रपति माइक पेन्सको रिपोर्ट के आउँछ भन्ने  चासो बढेको छ। 

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिल राष्ट्रपति जैर बोल्सोनारोलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।